Section 10
परिषद्को काम, कर्तव्य र अधिका

१०.१ परिषद्को काम, कर्तव्य र अधिकार देहायबमोजिम हुनेछ :
१०.१.१ यो ऐन बमोजिम कोषको उद्देश्य पूरा गर्नका लागि प्रयत्नशील रहने,
१०.१.२ अध्यक्षबाट समय समयमा हुने मार्गदर्शनको पालन गर्ने, गराउने

१०.१.३ पशुपति क्षेत्र गुरुयोजना र बार्षिक योजना तथा तद्नुरूपका कार्यक्रमहरू स्वीकृत गरी ……. कार्यान्वयन गराउने,

१०.१.४ श्री पशुपतिनाथ मन्दिर लगायत पशुपति क्षेत्रभित्र रहेका राजगुठी अन्तर्गतका सबै देव देवीका मन्दिरहरूमा पूजा आजा, पर्व, उत्सव
लगायतका परम्परादेखि चलिआएका सबै किसिमका धार्मिक कार्यहरू र सो क्षेत्रमा परम्परागत रीतिस्थितिका अन्य कार्यहरू सञ्चालनकोव्यवस्था गर्ने, गराउने ।

१०.१.४क.आवादी जग्गा बाहेक पशुपति अमालकोट कचहरी, पशुपति भण्डार तहबील र जयबागेश्वरी भण्डार तहबीलले गर्ने अन्य कार्य सम्बन्धी व्यवस्थाको रेखदेख गर्ने र ती निकायहरूको कार्य सम्बन्धी नीति निर्धारण गर्ने तथा आवश्यक निर्देशन दिने ।
१०.१.४ख.पशुपति क्षेत्रको विकास तथा धर्मिक रीतिस्थिति बमोजिम कार्य सञ्चालन गर्ने सम्बन्धमा समय समयमा अध्ययन, अनुसन्धान, कार्यशाला, गोष्ठी आदिको आयोजना गर्ने गराउने,
१०.१.४ग.श्री पशुपतिनाथको मन्दिर र पशुपति क्षेत्रभित्र रहेका देव देवीसंग सम्बन्धित पशुपति क्षेत्रभित्रका सबै प्रकारका घर जग्गा, मठ, मन्दिर, देवालय, सत्तल, पाटी, पौवा समेतको संरक्षणको व्यवस्था मिलाउने,
१०.१.४घ. पशुपति क्षेत्रभित्रको मठ मन्दिर, सत्तल, पाटी, पौवा, ढुङ्गेधारा, घाट, बगैंचा, वन जंगल र श्री पशुपतिनाथ र पशुपति क्षेत्रभित्र रहेका सबै देव देवीसंग सम्बन्धित सबै किसिमका गुठी अन्तर्गत पशुपति क्षेत्रभित्र वा बाहिर रहेका ऐलानी र पर्ति जग्गाको क्षेत्रफल समेत खुलाई लगत तयार गर्ने,१०.४.१ङ.श्री पशुपतिनाथको गुठी जग्गाको उपभोग र उपयोगको आधारमा समय समयमा कुत, रैतान–ठेक्का, भाडा वा जिन्सी वा नगदी महसुल निर्धारण गर्ने ।
१०.१.५ योजना र कार्यक्रमहरू कार्यान्वयन गर्न चाहिने वित्तीय साधनहको आवश्यक व्यवस्था गर्ने,
१०.१.६ कोषको उद्देश्य परिपूर्तिका लागि नेपाल राज्यभित्र वा बाहिर आवश्यकतानुसार विभिन्न समिति तथा उपसमितिहरू गठन गर्ने,
१०.१.७ उपदफा १०.१.६ बमोजिम गठित विभिन्न समिति तथा उपसमितिहरूको निमित्त नीति निर्धारण गरी आवश्यक मार्गदर्शन वा निर्देशन दिने तथा तिनीहरूको कामको समीक्षा र मूल्याङ्कन गर्ने,
१०.१.८ पशुपतिक्षेत्रको योजना र पशुपति क्षेत्रभित्रको कुनै स्थान विशेषको महत्व, मान्यता र सम्बेदनशीलतालाई ध्यानमा राखी त्यस्ता स्थानहरूमा गर्न नहुने कार्यहरू तोकी निषेध र नियन्त्रण गर्ने,
१०.१.९ यस ऐन बमोजिम कोषको उद्देश्य परिपूर्तिका लागि गर्नु पर्ने कार्यहरू सम्बन्धित निकाय र व्यक्तिहरूबाट यथाशीघ्र कार्यान्वयन गर्न लगाउने ।

१०.१.१० योजना र कार्यक्रम कार्यान्वयन गर्दा स्थानीय इकाई तथा जनताको सहभागिता जुटाउने र कार्यान्वयन गरिने योजना र कार्यक्रम बारे
जनतामा भ्रम र अन्यौल नहुने गरी जनसाधारणलाई समय समयमा स्पष्ट जानकारी गराउने,

१०.१.११ पशुपति क्षेत्रको योजनाबद्ध रूपमा विकास गर्दा सुव्यवस्थित रूपले निर्माण, मर्मत, सम्भार र सरसफाई गरी स्वच्छ वातावरण कायम गर्ने ।

१०.१.१२ खानेपानी, पानीढल, निकास ढल, विजुली, टेलिफोन, सडक अदि जस्ता अन्य आधारभूत सार्वजनिक उपयोगिताका साधनहरू सुव्यवस्थित गर्ने र फोहर मैला हुन नपाउने गरी स्वच्छता कायम गर्न नियमित एवं प्रभावकारी कार्यविधि अपनाउने,

१०.१.१३ पशुपति क्षेत्रमा बृक्षारोपण, वन, बगैंचा, उद्यान, वन्य जीवजन्तु तथा वन सम्पदा आदि समेतको व्यवस्था गर्ने,

१०.१.१४ पशुपति क्षेत्रको घाट, चितास्थल, नदीको जलमार्ग, जलपदार्थ, जलप्रवाह तथा बालुवा आदिको सुव्यवस्थित रूपमा संरक्षण र सम्बद्र्धन गर्ने,

१०.१.१५ पशुपति क्षेत्रमा प्रदूषण हुन नदिई स्वच्छ वातावरण कायम गर्न आवश्यक मापदण्ड बनाई नेपाल सरकारबाट स्वीकृति प्राप्त गरी लागू गर्ने,

१०.१.१६ पशुपति क्षेत्रलाई तीर्थस्थलको रूपमा रक्षा गर्न र सदुपयोगका लागि व्यापक जनचेतना ल्याउन उपयुक्त माध्यमबाट प्रचार प्रसार गर्ने र जनसहभागिता परिचालन गर्ने,
१०.१.१७ पशुपति क्षेत्रमा गरिने निर्माण सम्बन्धमा आवश्यक मापदण्ड तोक्ने र प्रचलित कानुन बमोजिम नेपाल सरकारमार्फत घर जग्गा प्राप्त गर्ने तथा विभिन्न कार्यका लागि जग्गा छुट्याउने आदि कार्यहरू गर्ने,

१०.१.१८ श्री पुशपतिनाथ र पशुपति क्षेत्रभित्रका मठ मन्दिरमा चढाइएको दान, भेटी, उपहार तथा नियमित र विशेष पूजाको हिसाब तोकिए बमोजिम पारदर्शी बनाउने र कोषमा दाखिला गराउने,

१०.१.१९ कोषको आम्दानीको तोकिए बमोजिमको हिस्सा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण जस्ता सामाजिक र कल्याणकारी काममा लगाउने ।